काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल अन्तर्गत टुसाल युथ क्लबले खुमलटार युथ क्लबमाथि जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सोमबार भएको खेलमा टुसालले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
३६ औं मिनेटमा खुमलटारका रमेश थापाले आत्मघाती गोल गरेपछि टुसालले अग्रता लिएको थियो ।
८३ औं मिनेटमा दिप कुमार लामाले गोल गर्दै टुसालको अग्रता दोब्बर बनाउदा जिलेस्पी जंग कार्कीले ८९ औं मिनेटमा गोल गर्दै टुसालको जित सुनिश्चित गरे ।
टुसालले ५ खेलमध्ये दोस्रो जित दर्ता गरेको छ । सोमबारको नतिजासँगै टुसालले ६ अंक जोडेको छ ।
यता ५ खेल खेलेको खुमलटारको यो तेस्रो पराजय हो ।
खुमलटारले दुई खेल जित्दै ६ अंक जोडेको छ ।