काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले साँघुरो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा डर्टमण्डले अर्मिनियालाई १-० गोल अन्तरले हराएको हो ।
डर्टमण्डको जितमा मारिउस उल्फले निर्णायक गोल गरे ।
उनले खेलको २१ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै डर्टमण्डले २५ खेलमा ५३ अंक जोडेको छ ।
डर्टमण्ड दोस्रो स्थानमा रहेको छ ।
आर्मिनिया २५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।