काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा इन्टरले टोरिनोसँग १-१ गोलको बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा एलेक्सिस सान्चेजले गोल गरेपछि इन्टर हारबाट जोगिएको हो ।
त्यसअघि खेलको १२ औं मिनेटमा ग्लिसन ब्रेमेरले गोल गर्दै टोरिनोलाई सुरुआती अग्रता दिलाएका थिए ।

यस बराबरीसँगै इन्टर दोस्रो स्थानमा उक्लन असफल भएको छ ।
इन्टरले २८ खेलमा ५९ अंक जोडेको छ । इन्टर तेस्रो स्थानमा रहेको छ ।
टोरिनो ३५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।