काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले बोर्डेअक्सलाई ३-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा खेलको २४ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५२ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता २-० गोलको अग्रता बनाए ।

त्यसपछि खेलको ६१ औं मिनेटमा लिनड्रो पारेड्सले गोल गर्दै पीएसजीलाई ३-० गोलको जित दिलाए ।
जितसँगै पीएसजीले २८ खेलमा ६५ अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा रहेको छ ।
बोर्डेअक्स २२ अंक जोडेर पुछारमा रहेको छ ।