काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन काइ हार्भट्जले निर्णायक गोल गरे ।
खेलको ८९ औं मिनेटमा हार्भट्जले गोल गरेका हुन् ।
जितसँगै चेल्सीले २८ खेलमा ५९ अंक जोडेको छ ।
चेल्सी लिगको तेस्रो स्थानमा रहेको छ ।

न्युकासल ३१ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
अर्को खेलमा उल्भ्सले एभर्टनलाई १-० ले हराएको छ ।
लिड्सले नर्विचलाई २-१ ले हराएको छ ।
वेस्ट ह्यामले एस्टन भिल्लालाई २-१ ले तथा वाट्फोर्डले साउथह्याम्पटनलाई २-१ ले हराएको छ ।