भ्यालेन्सिया र गेटाफेको बराबरी
आइतबार, फागुन २९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत भ्यालेन्सियाले गेटाफेसँग बराबरी खेलेको छ ।
आईतबार भएको खेलमा भ्यालेन्सियाले गेटाफेविरुद्ध गोलरहित बराबरी खेलेको हो ।
बराबरीसँगै भ्यालेन्सियाले २८ खेलबाट ३७ अंक जोडेको छ भने गेटाफेले २८ खेलबाट मात्र २८ अंक जोडेको छ ।
भ्यालेन्सिया नवौं स्थानमा रहेको छ भने गेटाफे १५ औं स्थानमा रहेको छ ।
रियल मड्रिड २७ खेलबाट ६३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
#भ्यालेन्सिया नवौं स्थानमा रहेको छ भने गेटाफे १५ औं स्थानमा रहेको छ ।













