काठमाडौं । भारतमा आयोजना हुने साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली बिहान ११:४० बजे भारत प्रस्थान गर्ने जनएको छ ।
च्याम्पियनसिपका लागि यू–१८ टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले बिहीबार नै २३ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।
च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ ।
च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहने छ ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ ।
नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ ।
दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ ।
यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।
शीर्ष टोलीले उपाधि जित्नेछ ।