काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा बायर्नले होफेनहाइमसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले घरेलु टोलीसँग बराबरी खेलेको हो ।
खेलको ३२ औं मिनेटमा क्रिस्टोफ बउम्गार्थेरले गोल गर्दै होफेनहाइमलाई अग्रता दिलाएका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै बायर्नले २६ खेलमा ६० अंक जोडेको छ ।
बायर्न शीर्ष स्थानमा कायम रहेको छ ।
होफेनहाइम ४४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।