काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा मिलानले इम्पोलीलाई १-० गोल अन्तरले हराएको हो ।
मिलानको जितमा पिएरे कालुलुले निर्णायक गोल गरे । उनले खेलको १९ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै मिलानले लिगमा पाँच अंकको अग्रता बनाएको छ ।
शीर्ष स्थानको मिलानले २९ खेलमा ६३ अंक जोडेको छ ।

दोस्रो स्थानको इन्टर मिलनको ५८ अंक रहेको छ ।
इम्पोली ३२ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।