लिभरपुलको सहज जित
शनिबार, फागुन २८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा लिभरपुलले ब्राइटनलाई २-० गोल अन्तरले हराएको हो ।
लिभरपुललाई जित दिलाउन लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरे ।
खेलको १९ औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ६१ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
जितसँगै लिभरपुलले २८ खेलमा ६६ अंक जोडेको छ ।
लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
ब्राइटन ३३ अंक जोडेर १३ औं स्थान रहेको छ ।
लिभरपुलको सहज जित













