सुजललाई पुत्रीलाभ
सोमबार, २३ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य सुजल श्रेष्ठलाई पुत्रीलाभ भएको छ ।
सुजलका धर्मपत्नी सलिका चन्दले सोमबार मेडिसिटी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् ।
ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबका कप्तान समेत रहेका सुजलले सलिकासँग ७ वर्षअघि विवाह गरेका थिए ।
सुजलको कप्तानीमा मछिन्द्रले लगातार दोस्रो पटक ए डिभिजन लिगको उपाधि जितेको थियो ।
सुजललाई पुत्रीलाभ










-1767098144368.jpg&w=3840&q=75)



-1767081985409.jpeg&w=3840&q=75)
