वार्नको निधन प्राकृतिक कारणलेः थाईल्यान्ड प्रहरी
सोमबार, फागुन २३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियाका एक महान क्रिकेट खेलाडी शेन वार्नको मृत्यु प्राकृतिक कारणले नै भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ ।
थाईल्यान्ड प्रहरीले यसबारे परिवारलाई जानकारी गराएको तथा उनीहरुले सो रिपोर्ट स्विकार गरेको जनाएको छ ।
गत शुक्रबार हृदयघातका कारण ५२ वर्षीय वार्नको थाईल्यान्डमा मृत्यु भएको थियो ।
हृदयघात भएपछि उनलाई अस्पताल पुर्याइएको थियो तर अस्पतालमा उनलाई मृत घोषणा गरिएको थियो ।
वार्नको अष्ट्रेलियाको मेलवर्न क्रिकेट मैदानमा राजकिय दाहसंस्कार हुनेछ ।
वार्नले अष्ट्रेलियाका लागि १ सय ४५ टेस्ट खेल्दै ७ सय ८ विकेट हात पारेका थिए ।
उनी सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए ।
#शेन वार्न








-1762758084543.jpg&w=3840&q=75)

-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)