काठमाडौं । काठमाण्डौको उत्तरीभेगको प्राचिन सहरको एक मात्र एन्फा बी डिभिजन क्लब श्री भगवती क्लबलाई टोखा नगरपालिकाले साथ दिएको छ ।
एन्फाको बी डिभिजन क्लबलाई प्रतियोगिताकाका लागि नगरपालिकाले नगद २० लाख सहयोग गरेको मेयर प्रकाश अधिकारीले जानकारी गराए ।
क्लबको ३१ औं बार्षिकोत्सवको अवसरमा बोल्दै मेयर अधिकारीले आफ्नो कार्यकाल लम्बेको खण्डमा यस रकममा बृद्धि गरि अर्को बर्षदेखि ५० लाख पुर्याउने समेत बताए ।
यसका साथै क्लबलाई नगरपालिका भित्र रहेको ११ वडा मध्ये ४ र ५ वडा बाहेक अन्य वडाहरुले नगद तथा खेल पोशाकको सहयोग गरेको छ । समष्टिगत रुपमा भन्नु पर्दा सम्पूर्ण नगरपालिकाले टोखाको एक मात्र एन्फा बी डिभिजन क्लबलाई टोखा नगरकै अपनत्व प्रदान गरेको छ क्लबका अध्यक्ष ईन्द्र राज जोशीले बताए ।
क्लबलाई बी डिभिजन प्रतियोगितामा सहभागिता तथा प्रतिस्पर्धाका लागि अन्य संघ संस्थाले पनि सहयोग गरेको क्लबका पूर्व अध्यक्ष एवं नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सदस्य रमेश नापितले जानकारी गराए ।
यस्तै श्री भगवती क्लबको ३१ औ साधारण सभा सम्पन्न भएको छ ।