काठमाडौं । खेलकुद पत्रकार हिमेश रत्न बज्राचार्यले एनएनआईपीए खेलकुद पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले १६ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड कार्यक्रममा खेलकुद पत्रकार बज्राचार्यलाई पुरस्कृत गरिएको हो ।
खेलकुद पत्रकारिताको माध्यमबाट नेपाली खेलकुद क्षेत्रलाई पुर्राएको योगदानको कारण बज्राचार्यलाई पुरस्कृत गरिएको हो । बज्राचार्यले कदरपत्र सहित नगद २५ हजार प्राप्त गरे ।
पत्रकार बज्राचार्य कान्तिपुर दैनिकमा आबद्द रहेका छन् ।
नेपाली फुटबलको इतिहास र तथ्यांकमा दक्खल भएका पत्रकार बज्रचार्यलाई नेपाली फुटबलको विकिपिडिया मान्ने गरिन्छ ।