काठमाडौं । इटालियन क्लब रोमाका मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई दुई खेलको टच लाइन प्रतिबन्ध लागेको छ ।
इटालियन फुटबलले शनिबार भेरोनाविरुद्धको खेलमा रातो कार्ड पाएका उनलाई दुई खेलको प्रतिबन्ध गरेको हो ।
भेरोनाविरुद्ध २-२ गोलको बराबरीमा रोकिएको खेलमा उनले रेफ्री लुकासँग अभद्र व्यवहार देखाएका थिए । उनले टच लाइनको बल दर्शकतर्फ हिर्काएका थिए ।
त्यसपछि उनलाई रातो कार्ड देखाईएको थियो ।
यस्तै पोर्चुगिज प्रशिक्षकलाई २० हजार युरो जरिवाना समेत गरिएको छ ।
