काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।
मंगलबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्स स्पेनिस क्लब भिल्ला रियलसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
भिल्लाको मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा युभेन्ट्सले पहिलो लेगमा बराबरी खेल्नु परेको हो ।
खेलको पहिलो मिनेटमै डुसन भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६६ औं मिनेटमा डानी परेजोले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
अब दुई टोलीबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ ।
दोस्रो लेग युभेन्ट्सको मैदानमा हुनेछ ।
