काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मीले संकटा क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
आर्मीलाई जित दिलाउन सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे ।
संकटाका उत्तम राईले एक गोल फर्काए ।
सुरुआती एक गोलको अग्रता उल्टाएर आर्मीले जित निकालेको हो ।
खेलको १५ औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ६० औं मिनेटमा सन्तोषले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ७४ औं मिनेटमा जर्ज प्रिन्सले गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा टेकले गोल गर्दै आर्मीलाई ३-१ को जित दिलाए ।
यस जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले १२ खेलमा २२ अंक जोडेको छ ।
संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।