काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटाले १-० गोलको अग्रता बनाएको छ ।
खेलको १५ औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १-० को अग्रता दिलाएका हुन् ।
सुवाश गुरुङको कर्नरमा उनले उत्कृष्ट हेड गोल गरे ।
आर्मी ११ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
संकटा ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।