काठमाडौं । आयोजक राजधानी युवा क्लबले सेभेन ए साईट मैत्रीपूर्ण फुटबलमा दुबै मैत्रीपूर्ण खेल जितेको छ ।
मंगलबार मनमैजु स्थित एन्जल स्पोर्टस् एकेडेमीको मैदानमा भएको मैत्रीपूर्ण खेलमा राजधानीले दुबै खेल जितेको हो ।
मैत्रीपूर्णमा आयोजक सहित कलाकार टिम र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को सहभागीता रहेको थियो।
राजधानीले पहिलो खेलमा कलाकार टोलीलाई ३–१ अन्तरले पराजित गर्यो । राजधानीलाई जिताउन खिम थापाले दुई तथा सन्तोष श्रेष्ठले एक गोल गरे । कलाकारका लागि हरि डांगीले सान्त्वना गोल फर्काए ।
कलाकारको तर्फबाट हरिसँगै बन्द्र पंगेनी, राजु ढकाल, धिरेन शाक्य लगायतको सहभागीता थियो ।
दोस्रो खेलमा राजधानीले एनएसजेएफलाई ५–२ अन्तरले पराजित गर्यो । राजधानीको जितमा देवान तामाङले ह्याट्रिक गरे । यस्तै राजकुमार गोले र चन्द्र बहादुर कार्कीले समान एक गोल गरे । एनएसजेएफका लागि आशिष पुडाशैनी र दिल आले मगरले एक एक गोल गरे ।
पहिलो खेलमा आयोजकसँग पराजित कलाकार टिमले दोस्रो खेलमा एनएसजेएफलाई ९–० हरायो । कलाकारको जितमा हरि डांगी र राजु ढकालले ह्याट्रिक गर्दा आकाश खवास, सविन आचार्य र बन्द्री पंगेनीले समान एक गोल गरे । यता, एनएसजेएफ भने दुबै खेलमा पराजित भयो ।
राजधानी युवा क्लब र एन्जल्स स्पोर्ट्स एकेडेमीले यहि १३–१४ फागुनमा सेभेन ए साईट फुटबल प्रतियोगिता आयोजना गर्दैछ ।
सोहि प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजक राजधानीले कलाकार र पत्रकार टोली सम्मितिल मैत्रीपूर्ण खेल आयोजना गरेको हो।