काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा मंगलबार आर्मीले संकटाको सामना गर्नेछ र त्यसमा पछिल्ला चार खेलको अपराजित यात्रा कायम राख्ने उद्देश्यमा रहनेछ ।
लिगका पछिल्ला पाँच संस्कणमा यी दुई टिमबीच चार भेट भएको छ ।
यी चार खेलमध्ये आर्मी तीनमा विजयी रहेको छ भने एक बराबरीमा टुंगेको छ । वर्ष ०७६ को पछिल्ला खेलमा यी दुई टिमले १–१ को बराबरी खेलेका थिए ।
त्यस अगाडिका तीनै खेलमा आर्मी विजयी रहेको छ । आर्मी वर्ष ०७५ मा ५–१, वर्ष ०७० मा १–० र वर्ष ०६९ मा १–० ले विजयी रहेको थियो ।