काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र एपीएफले १-१ गोलको बराबरी खेलेका छन्।
पुलिसका सुमन लामाले एक गोल गरे । एपीएफका प्रदिप लामाले गोल गरे ।
पुलिस ११ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
एपीएफ ११ खेलमा १४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।