काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा मंगलबार पुलिस र एपीएफ भिड्दै छन् र यो रहनेछ, पुलिस डर्बी । लिगका पछिल्ला पाँच संस्करणलाई आधार मान्ने हो भने पुलिसलाई इतिहासमा गर्व हुनेछ ।
यस्तो किनभने लिगका पछिल्ला ती खेलमा पुलिस लगातार विजयी रहेको छ । जस्तो, वर्ष ०७६ मा पुलिस एपीएफमाथि १–० ले विजयी रह्यो, त्यहीं वर्ष ०७५ मा ४–१ को जित हात पारेको थियो ।
त्यस्तै वर्ष ०७० को पहिलो खेलमा पनि पुलिस २–० ले विजयी रह्यो । यो पुलिसका लागि गर्वकै जित क्रम हो । त्यही वर्ष ०७० को दोस्रो खेलमा भने एपीएफ २–० ले विजयी रहेको थियो । त्यस अगाडि वर्ष ०६९ मा एपीएफ २–१ ले विजयी रह्यो।
वर्ष ०६८ को खेल भने गोलरहित बराबरी रह्यो । अहिले तत्काल वर्तमानमा भने एपीएफ लयमा छ, त्यसैले उसलाई यही प्रदर्शनमा विश्वास रहेको हुनेछ ।