काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोली बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा नापोलीले काग्लियारीसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको ५८ औं मिनेटमा गास्टन पेरिरोले गोल गर्दै काग्लियारीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८७ औं मिनेटमा भिक्टर ओसिम्हेनले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै नापोलीले २६ खेलमा ५४ अंक जोडेको छ ।
नापोली तेस्रो स्थानमा रहेको छ ।
काग्लियारी २२ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।