काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलबाट ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सातदोबाटो युथ क्लबसँग ३-२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड रेलिगेसनमा परेको हो ।
ब्रिगेड यस सिजन रेलिगेसनमा पर्ने दोस्रो टोली हो । यस अघि च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ ।
यससँगै राष्ट्रिय टिमका पूर्व कप्तानद्वय अनिल गुरुङ र बिराज महर्जनले कप्तानी गरेको टोली रेलिगेसनमा परेका छन् ।
ब्रिगेड अनिलको कप्तानीमा यस सिजनको लिग खेलेको हो ।
यस्तै च्यासल बिराजको कप्तानीमा लिगे खेलेको हो ।