काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले ब्रिगेड ब्वाइज क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटोले २-१ गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा सातदोबाटोका लागि सुशील राई र दिपक राज सिंह ठकुरीले एक एक गोल गरे ।
ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउले एक गोल फर्काए ।
ब्रिगेडका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । रेलिगेसनबाट जोगिन ब्रिगेडलाई सातदोबाटोविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ ।
ब्रिगेड ११ खेलमा ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । सातदोबाटोलाई हराएर ब्रिगेड रेलिगेसनबाट जोगिने सम्भावना कायम राख्न चाहन्छ ।
सातदोबाटो ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ । सातदोबाटो ब्रिगेडलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।