काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा मंगलबार सातदोबाटो र ब्रिगेड ब्वाइज भिड्दै छन्, एक अर्को ललितपुर डर्बीका रूपमा ।
माथिल्लो डिभिजनमा सातदोबाटो नवआगन्तुक रहेको हुनाले ब्रिगेड ब्वाइजविरुद्धको खेल दुवैका लागि एकआपसविरुद्ध पहिलो रहनेछ ।
सातदोबाटो १५ अंकमा सातौं स्थानमा छ भने ब्रिगेड ब्वाइज सात अंकमा १३ औं स्थानमा छ । ब्रिगेड ब्वाइज यस खेलमा पराजित भएको स्थितिमा रेलिगेसनमा पर्नेछ ।
फ्रेन्ड्स १० अंकमा १२ औं स्थानमा छ । फ्रेन्ड्सले यसअघि ब्रिगेड ब्वाइजलाई ११ औं चरणमा पराजित गरेको हुनाले रेलिगेसन समीकरणमा ब्रिगेड ब्वाइज कमजोर भएको हो ।
खराब लयमा रहेको ब्रिगेडले पछिल्ला नौ खेलमा खालि तीन अंक मात्र बटुलेको छ ।