डर्टमण्डको आधा दर्जन गोल

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा डर्टमण्डले बोरुसिया मन्छेनग्लाडबाखलाई ६-० गोल अन्तरले हराएको हो ।
खेलको २६ औं मिनेटमा मार्को रिउसले गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
३२ औं मिनेटमा डोनएल मालेनले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ७० औं मिनेटमा मरिउस वुल्फले गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।
युसुफा माउकोकोले ७४ औं मिनेटमा गोल गरेपछि डर्टमण्डको अग्रता ४-० को बन्यो ।
खेलको ८१ औं मिनेटमा रिउसले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्ड ५-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा इम्री क्यानले पेनाल्टीबाट गोल गर्दै डर्टमण्डलाई ६-० को जित दिलाए ।
जितसँगै डर्टमण्डले २३ खेलमा ४९ अंक जोडेको छ ।
डर्टमण्ड दोसो स्थानमा रहेको छ ।
मन्छेनग्लाडबाख २६ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।







-1762856022963.jpg&w=3840&q=75)





