इन्टर घरमै पराजित
आइतबार, फागुन ८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान पराजित भएको छ ।
आइतबार राति भएको खेलमा इन्टर घरेलु मैदानमा सासोउलोसँग २-० ले पराजित भएको हो ।
खेलको आठौं मिनेटमा जियाकोमा रास्पडोरीले गोल गर्दै सासोउलोलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको २६ औं मिनेटमा जियानलुका स्कामाक्काले गोल गर्दै सासोउलोलाई २-० को जित दिलाए ।
यस हारसँगै इन्टरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
इन्टर ५४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
सासोउलो ३३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
इन्टर घरमै पराजित







-1762856022963.jpg&w=3840&q=75)





