बायर्नको सहज जित
आइतबार, फागुन ८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बायर्नले ग्रेउथेर फुर्थलाई ४-१ गोल अन्तरले हराएको हो ।
बायर्नले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको छ ।
खेलको ४२ औं मिनेटमा ब्रानिमिरले गोल गर्दै फुर्थलाई अग्रता दिलाएका थिए ।
खेलको ४६ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई १-१ को बराबरीमा ल्याए ।
खेलको ६१ औं मिनेटमा सेबास्टियनले आत्मघाती गोल गरेपछि बायर्न २-१ ले अघि रह्यो ।
खेलको ८२ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा एरिक म्याक्सिमले गोल गर्दै बायर्नलाई ४-१ को जित दिलाए ।
यस जितसँगै शीर्ष स्थानको बायर्नले २३ खेलमा ५५ अंक जोडेको छ ।
फुर्थ १३ अंक जोडेर पुछारमा रहेको छ ।
बायर्नको सहज जित







-1762856022963.jpg&w=3840&q=75)





