काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भ्यालेन्सियालाई हराएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४-१ गोल अन्तरले हराएको हो ।
बार्सिलोनालाई जित दिलाउन पिएरे एमरिक अबमेयाङले ह्याट्रिक गोल गरे ।
खेलको २३ औं मिनेटमा अबमेयाङले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो बार्सिलोनाका लागि पहिलो गोल समेत हो ।
३२ औं मिनेटमा फ्रान्क डी योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

खेलको ३८ औं मिनेटमा अबमेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए ।
खेलको ५२ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै भ्यालेन्सियालाई ३-१ को स्थितिमा ल्याए ।
तर, खेलको ६३ औं मिनेटमा अबमेयाङले ह्याट्रिक पूरा गोल गर्दै बार्सिलोनालाई ४-१ को जित दिलाए । उनको यो बार्सिलोनाका लागि पहिलो ह्याट्रिक हो ।
पेड्रीले प्रहार गरेको बल अबमेयाङको ढाडमा लाग्दै गोल भएपछि अबमेयाङको नाममा गोल दिईएको हो ।

यस जितसँगै बार्सिलोनाले २४ खेलमा ४२ अंक जोडेको छ ।
बार्सिलोना चौंथो स्थानमा रहेको छ ।
भ्यालेन्सिया ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।