काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युनाईटेडले लिड्स युनाईटेडलाई ४-२ गोल अन्तरले हराएको हो ।
लिड्सको मैदानमा ह्यारी मग्वाएरले ३४ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई २-० को अग्रता दिलाए ।
खेलको ५३ औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई २-१ को स्थितिमा ल्याए ।
४४ औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई २-२ को बराबरीमा ल्याए ।

खेलको ७० औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई ३-२ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा एन्थोनी इलान्गाले गोल गरेपछि युनाईटेड ४-० ले विजयी भयो ।
जितसँगै युनाईटेडले २६ खेलमा ४६ अंक जोडेको छ । युनाईटेड चौंथो स्थानमा रहेको छ ।
लिड्स २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा उल्भ्सले लेस्टर सिटीलाई २-१ ले हराएको छ ।
