बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

अनुमाया र प्रिन्स च्याम्पियन

आइतबार, ०८ फाल्गुण २०७८खेलपाटी संवाददाता
अनुमाया र प्रिन्स च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं ।  नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले लिनिङ ११ औं पुष्पलाल स्मृती वरीयता राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचाल्न सफल भएका छन् ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राईले १२ वरीयताबिच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्ड हर्टका आधारमा जित हात पार्दै उपाधि उचालेकी हुन् ।

पहिलो सेटमा २१–१९ ले पछाडी परेकी रशिला दोश्रो सेटमा १०–४ को अवस्थामा खुट्टामा चोट बोक्न पुगेकी थिईन् । अनुमायाले नगद ५० हजार र उपबिजयी रशिलाले नगद २८ हजार प्राप्त गरिन् ।

महिला एकलतर्फ तृतीय स्थान प्राप्त गर्ने खेलाडी नङ्गशल देवी तामाङ र अमिता गिरीले नगद १२ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यसका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

खेल सामाग्री उत्पादक संस्था लिनिङको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुष एकल (उच्च १६ औं वरीयता प्राप्त) मा बिश्व वरीयतामा जुनियर तर्फ नम्बर १ रहेको प्रिन्सले सेनाका नविन श्रेष्ठलाई २१–१०, १८–२१, २१–१८ ले पराजित गर्दै उपाधि रक्षा गरेका हुन् ।

प्रिन्स अघिल्लो १० औं संस्करणका बिजेता समेत हुन् । विजेता प्रिन्सले नगद ५० हजार प्राप्त गर्दा उपबिजेता नविनले नगद ३० हजार प्राप्त गरे । तृतीय स्थान हात पार्ने दिपेश धामीले नगद १४ हजार र प्रफुल महर्जनले नगद १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रफुलले लिगमा एक खेल हारेका कारण १ हजार ५ सय कम प्राप्त गरेका हुन् ।

महिला युगल तर्फको खेलमा सेनाका रशिला महर्जन र अमिता गिरीको जोडीले नम्बर एक भोजपुरकी नङ्गशल देवी तामाङ्ग र सेनाकी अनुमाराईलाई २१–१४, २८–२६ ले पराजित गर्दै उपाधी कब्जा गरे । यस्तै पुरुष युगल तर्फ एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीले जित हात पारे । उक्त जोडीले नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीलाई २३–२१, २१–१६ ले पराजित गर्दै उपाधी उचालेका हुन् ।

बिजयी जोडीले मेडल, ट्रफी र प्रमाणपत्रका साथ नगद २० हजार प्राप्त गरे । यस्तै उपबिजयीले नगद १० हजार र तृतीयले नगद ५ हजार सहित मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।

पुरुषको उच्च १६ बरियता देखि बाहेककोमा कास्कीका बिधान अधिकारीले बाजी मार्दै उपाधी उचाले । अधिकारीले सेनाका पविन लिनथेपमाथि २१–१२, २१–११ को जित हात पारे । यस्तै महिला तर्फ एनआरएन सानिया चन्दले उपाधी उचालिन् । चन्दले कैलालीकी एलिना सुनारलाई २१–१८, २२–२० ले पराजित गर्दै उपाधी कब्जा गरेकी हुने । यस विधामा बिजयीले नगद २० हजार, उपबिजयीले नगद १० हजार र तृतीय स्थानकाले नगद ५ हजार सहित मेडल, ट्रफी, प्रमाण पत्र प्राप्त गरे ।

पुरुष यु १७ तर्फ सेनाका डेभिड थापा मगरले जित हात पारे । उनले १६ फिदरका क्षितिज खनाल माथि १७–२१, २१–१६ र २४–२२ को कठिन जित निकाले । महिला तर्फ सेनाकी रशिला महर्जनले सेनाकै प्राथना देउवालाई २१–१८, २१–८ ले पराजित गर्दै उपाधी जितिन् ।

बिजयी खेलाडीहरुलेनगद १५ हजार र उपबिजयीले ८ हजार प्राप्त गरे । यस्तै तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले ४।४ हजार प्राप्त गरे । यसका साथै बिजयी सबै खेलाडीले मेडल, प्रमाण पत्र र ट्रफी पनि हात पारे ।

मास्टर्स ४५ बर्ष माथिको खेलमा कास्कीका बिशाल हेराचन र शम्भु कुमार श्रेष्ठको जोडीले बिजय हात पार्दै उपाधी सहित मेडल, ट्रफी र प्रमाण पत्रका साथ नगद २० हजार प्राप्त गरे । उक्त जोडीले जेष्ट ब्याडमिन्टनका नविन बाबु श्रेष्ठ र चितवनका सुभाष श्रेष्ठको जोडीलाई २१–११, २१–१५ ले पराजित गरेका हुन् । श्रेष्ठ जोडीले उपबिजयी भए बापत मेडल ट्रफी प्रमाण पत्रका साथै नगद १० हजार प्राप्त गरे । तृतीय स्थानमा रहेकाले नगद ५ हजारका साथै मेडल, ट्रफी प्रमाण पत्र प्राप्त गरे ।

मास्टर्स ५५ बर्ष माथिको खेलमा चितवनका बुद्धि चौधरी र पुष्प श्रेष्ठको जोडीले बाजी मारे । उक्त  जोडील धादिङ्गका बिष्णुलाल श्रेष्ठ र कास्कीका मनोज श्रेष्ठको जोडीलाई २१–१८, ७–२१, २१–१८ ले पराजित गर्दै उपाधी उचालेका हुुन् । बिजयी खेलाडीहरुले मेडल, ट्रफी, प्रमाण पत्रका साथै नगद २० हजार प्राप्त गरे ।  यस्तै उपबिजयी खेलाडीहरुले मेडल, ट्रफी प्रमाण पत्रक साथ नगद १० हजार प्राप्त गरे । तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले ट्रफी मेडल र प्रमाणपत्रका साथै नगद ५।५ हजार प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे, साँसद राजकाजी महर्जन, नेपाल ओलम्पिक संघका सचिव एवं नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, मुख्या प्रायोजक लिनिङ्गका नेपाल प्रतिनिधी अनिल जर्लानी, राखेपका सदस्य एवं नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठ, उपाध्यक्ष ध्रुव श्रेष्ठ, सचिव नविन विक्रम शाह, राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभाका प्रमुख अर्जून बि.क., उपनिर्देशक रजनी मैया जोशी, राष्ट्रिय ब्याडमिन्टन संघका पदाधिकारी लगायतले पुरस्कार वितरण गरेकाथिए ।

Loading ad...
LiNing Ad
अनुमाया र प्रिन्स च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा