• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
अनुमाया र प्रिन्स च्याम्पियन
खेलपाटी संवाददाता
आइतबार, फागुन ८, २०७८ खेलपाटी संवाददाता
अनुमाया र प्रिन्स च्याम्पियन

काठमाडौं ।  नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले लिनिङ ११ औं पुष्पलाल स्मृती वरीयता राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचाल्न सफल भएका छन् ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राईले १२ वरीयताबिच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्ड हर्टका आधारमा जित हात पार्दै उपाधि उचालेकी हुन् ।

पहिलो सेटमा २१–१९ ले पछाडी परेकी रशिला दोश्रो सेटमा १०–४ को अवस्थामा खुट्टामा चोट बोक्न पुगेकी थिईन् । अनुमायाले नगद ५० हजार र उपबिजयी रशिलाले नगद २८ हजार प्राप्त गरिन् ।

महिला एकलतर्फ तृतीय स्थान प्राप्त गर्ने खेलाडी नङ्गशल देवी तामाङ र अमिता गिरीले नगद १२ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यसका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

खेल सामाग्री उत्पादक संस्था लिनिङको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुष एकल (उच्च १६ औं वरीयता प्राप्त) मा बिश्व वरीयतामा जुनियर तर्फ नम्बर १ रहेको प्रिन्सले सेनाका नविन श्रेष्ठलाई २१–१०, १८–२१, २१–१८ ले पराजित गर्दै उपाधि रक्षा गरेका हुन् ।

प्रिन्स अघिल्लो १० औं संस्करणका बिजेता समेत हुन् । विजेता प्रिन्सले नगद ५० हजार प्राप्त गर्दा उपबिजेता नविनले नगद ३० हजार प्राप्त गरे । तृतीय स्थान हात पार्ने दिपेश धामीले नगद १४ हजार र प्रफुल महर्जनले नगद १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रफुलले लिगमा एक खेल हारेका कारण १ हजार ५ सय कम प्राप्त गरेका हुन् ।

महिला युगल तर्फको खेलमा सेनाका रशिला महर्जन र अमिता गिरीको जोडीले नम्बर एक भोजपुरकी नङ्गशल देवी तामाङ्ग र सेनाकी अनुमाराईलाई २१–१४, २८–२६ ले पराजित गर्दै उपाधी कब्जा गरे । यस्तै पुरुष युगल तर्फ एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीले जित हात पारे । उक्त जोडीले नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीलाई २३–२१, २१–१६ ले पराजित गर्दै उपाधी उचालेका हुन् ।

बिजयी जोडीले मेडल, ट्रफी र प्रमाणपत्रका साथ नगद २० हजार प्राप्त गरे । यस्तै उपबिजयीले नगद १० हजार र तृतीयले नगद ५ हजार सहित मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।

पुरुषको उच्च १६ बरियता देखि बाहेककोमा कास्कीका बिधान अधिकारीले बाजी मार्दै उपाधी उचाले । अधिकारीले सेनाका पविन लिनथेपमाथि २१–१२, २१–११ को जित हात पारे । यस्तै महिला तर्फ एनआरएन सानिया चन्दले उपाधी उचालिन् । चन्दले कैलालीकी एलिना सुनारलाई २१–१८, २२–२० ले पराजित गर्दै उपाधी कब्जा गरेकी हुने । यस विधामा बिजयीले नगद २० हजार, उपबिजयीले नगद १० हजार र तृतीय स्थानकाले नगद ५ हजार सहित मेडल, ट्रफी, प्रमाण पत्र प्राप्त गरे ।

पुरुष यु १७ तर्फ सेनाका डेभिड थापा मगरले जित हात पारे । उनले १६ फिदरका क्षितिज खनाल माथि १७–२१, २१–१६ र २४–२२ को कठिन जित निकाले । महिला तर्फ सेनाकी रशिला महर्जनले सेनाकै प्राथना देउवालाई २१–१८, २१–८ ले पराजित गर्दै उपाधी जितिन् ।

बिजयी खेलाडीहरुलेनगद १५ हजार र उपबिजयीले ८ हजार प्राप्त गरे । यस्तै तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले ४।४ हजार प्राप्त गरे । यसका साथै बिजयी सबै खेलाडीले मेडल, प्रमाण पत्र र ट्रफी पनि हात पारे ।

मास्टर्स ४५ बर्ष माथिको खेलमा कास्कीका बिशाल हेराचन र शम्भु कुमार श्रेष्ठको जोडीले बिजय हात पार्दै उपाधी सहित मेडल, ट्रफी र प्रमाण पत्रका साथ नगद २० हजार प्राप्त गरे । उक्त जोडीले जेष्ट ब्याडमिन्टनका नविन बाबु श्रेष्ठ र चितवनका सुभाष श्रेष्ठको जोडीलाई २१–११, २१–१५ ले पराजित गरेका हुन् । श्रेष्ठ जोडीले उपबिजयी भए बापत मेडल ट्रफी प्रमाण पत्रका साथै नगद १० हजार प्राप्त गरे । तृतीय स्थानमा रहेकाले नगद ५ हजारका साथै मेडल, ट्रफी प्रमाण पत्र प्राप्त गरे ।

मास्टर्स ५५ बर्ष माथिको खेलमा चितवनका बुद्धि चौधरी र पुष्प श्रेष्ठको जोडीले बाजी मारे । उक्त  जोडील धादिङ्गका बिष्णुलाल श्रेष्ठ र कास्कीका मनोज श्रेष्ठको जोडीलाई २१–१८, ७–२१, २१–१८ ले पराजित गर्दै उपाधी उचालेका हुुन् । बिजयी खेलाडीहरुले मेडल, ट्रफी, प्रमाण पत्रका साथै नगद २० हजार प्राप्त गरे ।  यस्तै उपबिजयी खेलाडीहरुले मेडल, ट्रफी प्रमाण पत्रक साथ नगद १० हजार प्राप्त गरे । तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले ट्रफी मेडल र प्रमाणपत्रका साथै नगद ५।५ हजार प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे, साँसद राजकाजी महर्जन, नेपाल ओलम्पिक संघका सचिव एवं नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, मुख्या प्रायोजक लिनिङ्गका नेपाल प्रतिनिधी अनिल जर्लानी, राखेपका सदस्य एवं नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठ, उपाध्यक्ष ध्रुव श्रेष्ठ, सचिव नविन विक्रम शाह, राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभाका प्रमुख अर्जून बि.क., उपनिर्देशक रजनी मैया जोशी, राष्ट्रिय ब्याडमिन्टन संघका पदाधिकारी लगायतले पुरस्कार वितरण गरेकाथिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिल्भा सिटीको नयाँ कप्तान
सिल्भा सिटीको नयाँ कप्तान
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहित अगाडि बढ्दै नेपाल
टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहित अगाडि बढ्दै नेपाल
महिला टी–२० विश्वकपको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने
महिला टी–२० विश्वकपको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने
बिबिएलको ड्राफ्टमा सन्दीपसहित ६ नेपाली खेलाडी
बिबिएलको ड्राफ्टमा सन्दीपसहित ६ नेपाली खेलाडी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP