काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एनआरटीले १-० गोलको अग्रता बनाएको छ ।
खेलको २६ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका हुन् ।
मनाङ ११ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।