काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा जावलाखेलले १-० गोलको अग्रता बनाएको छ ।
खेलको १५ औं मिनेटमा रुप बहादुर लामाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका हुन् । रुपले कर्नरबाट सिधै गोल गरेका थिए ।
जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।