काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ को आइतबार हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दीले एनआरटीको सामना गर्नेछ र त्यसमा दोस्रो स्थानमा रहेको आठ पल्टको लिग विजेता लगातार जित निकाल्ने प्रयासमा हुनेछ ।
यी दुई टिमबीच लिगका पछिल्ला ५ संस्करणमा भएका ४ खेलमा मनाङ अपराजित छ । त्यसमध्ये पनि मनाङ पछिल्ला तीन खेलमा लगातार विजयी रहेको छ ।
मनाङ एनआरटीमाथि वर्ष ०७६ मा ४–१, वर्ष ०७५ मा २–० र वर्ष ०६९ मा १–० ले विजयी रहेको थियो ।
वर्ष ०६८ को नतिजा भने १–१ को बराबरीमा रहेको थियो ।