काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा आइतबार दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेलले हिमालयन शेर्पाको सामना गर्नेछ र त्यसमा हिमालयन आफू अनुकुल नतिजा निकाल्न प्रेरित रहनेछ ।
लिगका पछिल्ला ५ संस्करणलाई आधार मान्दा हिमालयन यसका लागि सक्षम पनि देखिन्छ ।
पछिल्ला ५ खेलमा हिमालयन जावलाखेविरुद्ध अपराजित छ ।
यी ५ खेलमा हिमालयन तीनमा विजयी रहेको छ भने दुई खेल बराबरीमा टुंगेको छ।
यी दुई टिमबीचको खेल वर्ष ०७६ मा ३–३ र वर्ष ०६८ मा १–१ को बराबरीमा टुंगेको थियो । वर्ष ०७५ मा भने हिमालयन २–१ ले विजयी रहेको थियो ।
यस्तै वर्ष हिमालयन ०७० मा ४–१ र वर्ष ०६९ मा २–१ ले विजयी रह्यो ।