काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलान बराबरीमा रोकिएको छ।
शनिबार राति भएको खेलमा मिलान सालर्निटानासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
खेलको पाँचौं मिनेटमा जुनियर मेसियसले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।
२९ औं मिनेटमा फेडेरिको बोनाजोलीले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ७२ औं मिनेटमा मिलान डुरीचले गोल गरेपछि घरेलु टोलीले २-१ को अग्रता बनायो ।
तर, खेलको ७७ औं मिनेटमा एन्ट रेबिकले गोल गरेपछि मिलानले हारबाट जोगियो ।
यस बराबरीसँगै मिलानले २६ खेलमा ५६ अंक जोडेको छ ।
मिलान शीर्ष स्थानमा रहेको छ ।
सालर्निटाना १४ अंक जोडेर पुछारमा रहेको छ ।