काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
शनिबार राति भएको खेलमा पीएसजीलाई नान्टेसले ३-१ गोल अन्तरले हराएको हो ।
खेलको चौंथो मिनेटमा रान्डल कोलोले गोल गर्दै नान्टेसलाई सुरुआती अग्रता दिलाएका थिए ।
१६ औं मिनेटमा क्विनटिन मेर्लिनले गोल गरेपछि घरेलु टोली २-० ले अघि रह्यो।

पहिलो हाफको इन्जुरी समयमा लुडोभिच ब्लासले गोल गर्दै नान्टेसलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ४७ औं मिनेटमा नेयमारले एक गोल फर्काएपनि पीएसजी ३-१ ले पराजित भयो ।
यस्तै खेलको ५९ औं मिनेटमा नेयमार पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
यस हारसँगै पीएसजीले २५ खेलमा ५९ अंक जोडेको छ ।
नान्टेस ३८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
