काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियलले डिपोर्टिभो अलाभेसलाई ३-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा मार्को एसेन्सियोले ६३ औं मिनेटमा गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
८० औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ३-० को जित दिलाए ।
जितसँगै रियलले २५ खेलमा ५७ अंक जोडेको छ ।
रियल शीर्ष स्थानमा यथावत रहेको छ ।
अलाभेस २० अंक जोडेर १९ औं स्थानमा रहेको छ ।