काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी पराजित भएको छ ।
शनिबार राति भएको खेलमा सिटीलाई टोटेनहमले ३-२ गोल अन्तरले हराएको हो ।
सिटीको मैदानमा खेलको चौंथो मिनेटमा डेजन कुलुसेभ्सकीले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई १-१ को बराबरीमा ल्याए ।
५९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए ।

खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ३-२ को जित दिलाए ।
यस जितसँगै टोटेनहमले २३ खेलमा ३९ अंक जोडेको छ ।
टोटेनहम सातौं स्थानमा रहेको छ ।
सिटीले २५ खेलमा ६३ अंक जोडेको छ ।