काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले ईन्डोनेसियाको लिग वान फुटबलमा जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पर्सिजाले पेर्सिकलाई २-१ गोल अन्तरले हराएको हो ।
पर्सिजाको जितमा माकन कोनाटे र इरफान जाउहरीले एक एक गोल गरे ।
पेर्सिकका लागि युसेफले एक गोल फर्काए ।
पेर्सिकविरुद्ध रोहितले पुरै समय मैदानमा बिताएका थिए ।
यस जितसँगै पर्सिजाले २५ खेलमा ३७ अंक जोडेको छ । पर्सिजा लिगको सातौं स्थानमा रहेको छ ।
पेर्सिक ३० अंक जोडेर दशौँ स्थानमा रहेको छ ।