काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो ।
खेलको ४८ औं मिनेटमा मिलोट राशिकाले गोल गर्दै नर्विचलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-१ को बराबरीमा ल्याएका थिए ।

खेलको ६७ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।
लिभरपुलका लागि उनको यो पहिलो गोल हो ।
जितसँगै लिभरपुलले २५ खेलमा ५७ अंक जोडेको छ ।
लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
नर्विच १७ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।