काठमाडौं । भक्तपुर युवा टिमको आयोजनामा भइरहेको भक्तपुर कप फुटवल प्रतियोगितामा शनिबार भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी), बनेपा ब्वाइज क्लब र छोगर्न फुटबल क्लब विजयी भएका छन् ।
भक्तपुर एफसीले ख्वप फुटसल तथा ट्रेनिङ सेन्टरलाई २-०, बनेपाले मध्यपुर चेतनशिललाई १-० र छोगर्नले महाराजगञ्ज फुटबल क्लवलाई १-० गोल अन्तरले हराएको हो ।
भक्तपुरको जितमा अजय चौधरी र उदित चौधरीले एक एक गोल गरे ।
यस्तै बनेपाको जितमा समिन खड्काले गोल गरेका थिए ।
त्यस्तै छोगर्नको जितमा विजय लामाले निर्णायक गोल गरे ।