बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

दिपेश र बिजितको जोडी सेमिफाईनलमा

शनिबार, ०७ फाल्गुण २०७८खेलपाटी संवाददाता
दिपेश र बिजितको जोडी सेमिफाईनलमा
Loading ad...
mustang rice ad

काठमाडौं ।  एपीएफका दिपेश धामी र बिजित थापा मगरको जोडी लिनिङ ११ औं पुष्पलाल स्मृती वरीयता राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनलमा स्थान पक्का गर्न सफल भएका छन् ।

धामी र मगरको जोडीले सेनाका नविन श्रेष्ठ र प्रफुल महर्जनको जोडीलाई २१–१६, २१–१० ले पराजित गर्दै सेमिमा स्थान बनाएका हुन् ।

अब उक्त जोडीले फाईनल प्रवेशका लागि कास्कीका बिधान अधिकारी र भुवन गुरुङको जोडीको सामना गर्नेछन् ।

बिधान र भुवनको जोडीले पुलिसका बिष्णु कटुवाल र अनिष श्रेष्ठको जोडीलाई २१–१५, २१–१३ ले पराजित गर्दै सेमिफाईन प्रवेश गरेका हुन् ।

यस्तै सेमिफाईनल प्रवेश गर्ने अर्को जोडीमा पुलिसका जीवन आचार्य र सुनिल जोशीको जोडी रहेका छन् । यस जोडीले बाँकेका ईरफान अन्सारी र धातुका सुदीप सेढाईलाई २१–१५, १७–२१, २१–१३ ले पराजित गरे ।

आचार्य र जोशीको जोडीले फाईनल प्रवेका लागि सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडी संग प्रतिस्पर्धा गर्नेछन् । महर्जन जोडीले ललितपुरका सशिन डङ्गोल र सुमित महर्जनको जोडीलाई २१–१७, २१–१६ ले पराजित गर्दै आचार्य र महर्जनको जोडी संग जम्काभेट गरेका हुन् ।

राष्ट्रिय ब्याडमिन्टन संघ, नेपाल तथा नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल (उच्च १६ बरियता बाहेक) को प्रतिस्पर्धामा सेनाका दिवश शंकरले सेनाका बिवेक चौधरीलाई पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरे । शंकरले चौधरीलाई १८–२१, २१–८, २१–११ ले पराजित गरेका हुन् ।

अब शंकरले सेमिफाईनमाल सेनाका पविन लिनथेपको सामना गर्नेछन् । पविनले सेनाकै आयुश्मान नागरीलाई २१–१२, २१–१९ ले पराजित गरेका हुन् । यस्तै सेमिफाईन प्रवेश गर्ने अर्को खेलाडीमा कास्कीका बिधान अधिकारी रहेका छन् । अधिकारीले १६ फिदरका क्षितीज खनाललाई २१–१९, २१–१४ ले पराजित गरे । अव उनको भिडन्त मोरङ्गका भोजबहादुर गुरुङ्ग संग हुने छ । भोलबहादुरले साईनोका सुजन थापालाई १४–२१, २१–१०, २१–१५ ले पराजित गर्दै अधिकारी संगको भेट पक्का गरेका हुन् ।


नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकल (उच्च बरियता १२ बाहेक)मा एनआरएनकी सानिया चन्दले जित हात पारिन् । चन्दले सेमिफाईनल प्रवेश गर्ने क्रममा सुनसरी ब्याडमिन्टन एकेडेमीका रोजी राईलाई २१–११, २१–१२ ले पराजित गरिन् । यस्तै सेनाकी पे्रक्षा राईले सर्लाहीका निकिता लामालाई २२–२०, १६–२१, २१–१८ ले पराजित गर्दै सेमफाईनलमा चन्द संगको भेट पक्का गरिन् । पाल्पाकी दिया शाक्यले सेमिफाईनल प्रवेश गर्ने क्रममा कञ्चनपुरकी निलिमा महरालाई १५–२१, २२–२०, २१–१२ ले पराजित गरिन् । यस्तै कैलालीकी एनिला सुनारले सेनाकी प्रियान्सी बमबाट वाकओभर प्राप्त गर्दै सेमिफाईनलमा दिया संगको भेट पक्का गरिन् ।

नखिपोट युथ क्लबको कभर्डहलमा भएको प्रतियोगिताको यु १७ पुरुष तर्फको खेलमा सिल्क ग्रुपका नरेन्द्र बलमे जित निकाले । उनले कपिलबस्तुका राज बर्मालाई २६–२४, २१–१३ ले पराजित गरे । अर्को खेलमा सेनाका डेभिड थापा मगरले सेनाकै बिवेक चौधरीलाई १५–२१, २१–११, २१–१३ ले पराजित गर्दै नरेन्द्र संगको भेट पक्का गरे ।

सेमिफाईनल प्रवेश गर्ने क्रममा १६ फिदरका क्षितिज खनालले पाल्पाका सुरोज तिमिल्सीनालाई २१–१३, २१–८ ले पराजित गरे । अब उनले सेनाका आयुश्मान नागरीसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । नागरीले सनौला रईनीलाई २१–८, २१–११ ले पराजित गरे ।

यू-१७ महिला तर्फ राष्ट्रिय च्याम्पियन रशिला महर्जनले एनआरएन सानिया चन्दलाई पराजित गरिन् । रशिलाले चन्दलाई २१–२, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा कैलालीकी एलिना सुनारसंग प्रस्पिर्धा गर्ने भएकी हुन् । एलिनाले सेनाकी प्रेक्षा राईलाई २१–१३, २१–१२ ले पराजित गरेकी हुने ।

यस्तै सेमिफाईनल प्रवेश गर्ने अर्का खेलाडीहरुमा सेनाका प्राथना देउवा र रोज पाण्डे रहेका छन् । प्राथनाले सुनसरी ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–३, २१–५ ले तथा रोजले कञ्चनपुरकी बिष्णा बिष्टलाई २१–९, २१–१६ ले पराजित गरेका हुन् ।

Loading ad...
LiNing Ad
दिपेश र बिजितको जोडी सेमिफाईनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा