काठमाडौं । राजधानी एन्जल्स सेभेन ए साइड फुटबल प्रतियोगिता फागुन १३ गतेबाट सुरु हुने भएको छ ।
आयोजक राजधानी युवा क्लब र एन्जल्स स्पोर्ट्स एकेडेमीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १३ गतेबाट सुरु हुने जनाएको छ ।
नकआउटका आधारमा आयोजना हुने प्रतियोगितामा ३० टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिता एन्जल्स स्पोर्ट्स एकेडेमीको मैदानमा हुनेछ ।
विजेताले १ लाख नगद प्राप्त गर्दा उपविजेताले ५० हजार पाउने प्रतियोगिता संयोजक खिम बहादुर थापाले बताए ।
यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष आशिष खतिवडाले क्लबले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
अध्यक्ष खतिवडाले क्लबले खेलकुदसँगै सामाजिक कार्य गरिरहेको समेत बताए ।