काठमाडौं । १२ औं संस्करणको जीतपुर सिमरा गोल्डकप चैत १० गतेबाट सुरु हुने भएको छ ।
आयोजक नव जन जागृति युवा क्लब सिमरा बाराले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनीक गरेको हो ।
प्रतियोगिता चैत १० देखि १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
जीतपुर सिमरा उपमहानगर मुख्य सहयोगी रहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोकृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । विधागततर्फका उत्कृष्ट खेलाडीले भने जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ दी म्याचले ५ हजार र स्थानीय उदयीमान खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सिमरा रंगशालामा हुने प्रतियोगितामा ए डिभिजनका ६, आयोजक र मोफसल क्लब गरि १० टिमको सहभागीता रहनेछ ।
प्रतियोगिताका सम्पुर्ण खेल फ्लड लाईटमा साँझ सुरु गरिने बताईएको छ ।