काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा फ्रेन्ड्सले च्यासलविरुद्ध २-० गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा फ्रेन्ड्सका जमौल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे ।
खेलको ३८ औं मिनेटमा जमौल एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए ।
यस्तै खेलको ४३ औं मिनेटमा जमौल एन्थोनी फ्रान्कोइसले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका हुन् ।
फ्रेन्ड्स र च्यासलका लागि यस खेल महत्वपूर्ण रहेको छ । दुबै टोलीलाई रेलिगेसनबाट जोगिन यस खेल जित्नैपर्ने दबाब छ ।
फ्रेन्ड्स ११ खेलमा ७ अंक जोडेर १२ औं स्थानमा रहेको छ । च्यासल ६ अंक जोडेर पुछारमा रहेको छ ।