काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शनिबार एक अर्को महत्त्वपूर्ण खेल हुँदैछ, मछिन्द्रविरुद्ध थ्री स्टार ।
मछिन्द्रले यसअघि नै लिग उपाधि जितिसकेको छ, त्यसैले यो खेलको मज्जा त्यति नहुनेछ, जति अन्य स्थितिमा हुने थियो ।
लिगका पछिल्ला ५ संस्करणमा यी दुई टिमबीच ६ खेल भएका छन् । त्यसमध्ये वर्ष ०७५ मा मछिन्द्र २–० ले विजयी रहेको थियो र त्यसमा रेजिन सुब्बा तथा विशाल राईले गोल गरेका थिए ।
वर्ष ०७५ मा भने थ्री स्टार १–० ले विजयी रह्यो, रंजित धिमालको गोलले ।
यिनै रंजित अहिले मछिन्द्रमा छन् । वर्ष ०७० को खेल भने २–२ को बराबरीमा टुंगिएको थियो भने वर्ष ०६९ मा भएका दुई खेल पनि बराबरी रहे, क्रमश: १–१ र ०–० । वर्ष ०६८ मा भने थ्री स्टार ७–० ले विजयी रह्यो ।
यो लिगमा मछिन्द्रको दोस्रो खराब नतिजा हो । यस्तोमा प्रश्न उठ्न सक्छ, के अहिलेको लिगमा मछिन्द्रलाई थ्री स्टारले रोक्ने छ त ?