बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

दिवश र पूर्ण अन्तिम १६ मा

बिहिबार, ०५ फाल्गुण २०७८खेलपाटी संवाददाता
दिवश र पूर्ण अन्तिम १६ मा
Loading ad...
mustang rice ad

काठमाडौं ।  नेपाली सेनाका दिवश शंकर र नेपाल प्रहरीका पूर्ण बहादुर थापा लिनिङ ११ औं पुष्पलाल स्मृती वरीयता राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

१६ औं वरीयता बाहिरको पुरुष एकलमा दिवशले नखिपोटका मिलन राईलाई २१–६, २१–१३ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाएका हुन् । अब दिवशले पूर्णको सामना गर्नेछन् । पूर्णले चितवनका टेकप्रसाद पौडेललाई २१–९, २१–१६ ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट युथ क्लब (नखिपोट सर्कल)को संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्नेमा सेनाका बिवेक चौधरी र ललितपुरका निखिल भट्ट रहेका छन् । चौधरीले हुम्लाका दशरथ बुढालाई २१–८, २१–१३ र निखिलले सुर्खेतका अनिल मल्ललाई २१–१९, २१–१९ को समान अन्तरले पराजित गरे ।

यस्तै साईनोका राजु थापाले पाल्पाका ज्ञानबहादुर रानालाई २१–६, २१–११ले, सेनाका पविन लिनथेपले एपिएफका एशिया जवेगुलाई २३–२१, २१–४ले, सेनाका आयुश्मान नागरीले कैलालीका योगेश खड्कालाई १६–२१, २१–५, २१–१३ ले, कास्कीका भुगोल गुरुङ्गले १६ फिदरका अमन महर्जनलाई २१–१८, २१–२३, २१–१९ले, सेनाका हिमाल चन्दले एपिएफका नविन सिलवाललाई २१–१०, १३–२१, २१–१३ ले, कास्कीका बिधान अधिकारीले सिल्क ग्रुपका आशिष तामाङ्गलाई २१–१५, २१–११ ले, १६ फिदरका क्षितिज खनालले कञ्चनुरका प्रकाश चन्दलाई २१–१८, २१–१६ ले, सेनाका डेभिड थापा मगरले पाँचथरका किरण श्रेष्ठलाई २१–७, २१–१३ ले, साईनोका सुजन थापाले चितवनका छिरिङ लामालाई २१–१४, २१–१२ ले, सिल्क ग्रुपका कविर के.सी.ले संखुवासभाका सुनिल जंग कार्कीलाई २१–१३, २१–१०ले, नेपाल पुलिसका हिरा राईले कास्कीका बिशन गुरुङ्गलाई १८–२१, २१–१०, २१–१५ ले तथा मोरङ्गका भोजबहादुर गुरुङ्गले सेनाका निशान कटुवाललाई २१–८, २१–७ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको पुरुष युगल ४५ बर्ष माथिको प्रतिस्पर्धामा ईमाडोलका तिलकबहादुर बुढाथोकी र मुकुन्द थापाको जोडीले ललितपुरका सुजन खतिवडा र राजेश महर्जनको जोडीलाई २१–१५, २१–१७ ले पराजित गर्दै अन्तिम ३२ को लागि छनौट भएका छन् । राजेश राष्ट्रिय च्याम्पियन रशिला महर्जनका पिता हुन् ।

यस्तै अन्तिम ३२ मा छनौट हुने अर्को जोडीमा क्लब ७ का कर्ण बुढा र एण्डी क्षेत्री रहेका छन् । उक्त जोडीले नखिपोटका मुकेश राई र सूर्य देभ राईको जोडीलाई १८–२१, २१–१६, २१–१८ ले पराजित गरे । अर्को खेलमा खोटाङ्गका बिशन खालिङ्ग र जीवन कुमार राईको जोडीले थेचोका दिवश लबुम र सानबहादुर साम्बाको जोडीबाट वाक ओभर प्राप्त गरे । 

नखिपोटस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष यु १७ एकलको प्रतिस्पर्धामा १६ फिदरका अमन महर्जनले देवीनगरका अदिश कार्कीलाई २३–२१, २१–८ ले, गुल्मीका जनिश शेरचनले मोरङ्गका महेश खड्कालाई २१–११, २१–११ ले, एनजेसी डल्लुका स्वयं मानन्धरले संखुवासभाका प्रशान्त श्रेष्ठलाई २१–१६, २१–१२ ले तथा सुनसरीका रोधन राईले १६ फिदरका आरुष सिम्खडालाई २१–५, २१–१० ले पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाउन सफल भए ।

यस्तै कैलालीका शिसिर रानाले कन्चनपुरका आशिष खत्रीलाई २१–११, २१–३ ले, पाल्पाका संचार तिमल्सिनाले रिभाईभका दीप थिङ्गलाई २१–७, २१–९ले, कपिलबस्तुका राज बर्माले दाङ्गका ज्याती चौधरीबाट र भक्तपुरका बिवेक भट्टराईले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका तत्सत ढकालबाट वाकओभर प्राप्त गरे ।

यसैगर बाँकेका राजेश बि.सी.ले ईमाडोल ब्याडमिन्टनका सौर्य महर्जनलाई २१–१६, २१–१५ ले, खोटाङ्गका सविन श्रेष्ठले प्रत्युश थापाबाट वाकओभर, सेनाका डेभिड थापामगरले पाँचथरका किरण श्रेष्ठलाई २१–१३, २१–१३ ले, कपिलबस्तुका अभय महराले १६ फिदरका आलोक लामालाई २१–६, २१–६ ले, दाङ्गका अरुण अधिकारीले सुनसरीका प्रशन्न राईलाई २१–११, २१–१९ ले तथा पाल्पाका सुरोज तिमल्सिनाले कैलालीका पारश उपाध्यायलाई २१–१५, २१–१३ ले पराजित गर्दै अन्तिम ३२ को यात्रा तय गरे ।

 

Loading ad...
LiNing Ad
दिवश र पूर्ण अन्तिम १६ मा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा