• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
पुरुष एकलको क्वाटरफाईनल समिकरण पूरा
खेलपाटी संवाददाता
बुधबार, फागुन ४, २०७८ खेलपाटी संवाददाता
पुरुष एकलको क्वाटरफाईनल समिकरण पूरा

काठमाडौं । लिनिङ ११ औं पुष्पलाल स्मृती वरीयता राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल (उच्च १६ शिर्ष स्थानका) को क्वाटरफाईनल समिकरण पूरा भएको छ ।

पुरुष एकलको क्वाटरफाईनलमा समूह ए बाट एपिएफका दिपेश धामी र सेनाका प्रफुल महर्जन, समूह बी बाट सेनाका नविन श्रेष्ठ र पुलिसका जीवन आचार्य, समूह सी बाट एपिएफका बिजित थापा मगर र धातुका सुदीप सेढाई, तथा समूह डी बाट रिभाईभका प्रिन्स दाहाल र सेनाका रुकेश महर्जनले स्थान बनाएका छन् ।

बुधबार भएको लिगको अन्तिम खेलको समूह ए मा प्रफुल महर्जनले बाँकेका ईरफान अन्सारीलाई २१–१७, २१–६ ले पराजित गरे । उनलसे समग्रमा २ जित १ हारका साथ समूहमा उपबिजेता बन्दै क्वाटरमा स्थान बनाए ।

अव क्वाटरफाईनलमा प्रफुलले समूह सीका बिजेता बिजित थापा मगरसंगको प्रतिस्पर्धा पक्का गरे । दोश्रो खेलमा दिपेश धामीले पुलिसका सुनिल जोशी माथि जित निकाले । उनले जोशीलाई २१–१२, २१–१४ पराजित गरे । दिपेश तीनै खेलमा जित निकाल्दै समूहमा पहिलो हुँदै क्वाटरफाईनल प्रवेश गर्न सफल भए । अव क्वाटरमा दिपेशले समूह सीका उपबिजेता सुदीप सेढाई संग प्रतिस्पर्धा गर्ने छन् ।

समूह बीको खेलमा सेनाका नविन श्रेष्ठले एपिएफका देवराज रानालाई २१–९, २१–११ ले पराजित गरे । उनले समूहमा सवै जित निकाल्दै बिजेतको रुपमा क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् । अव नविनले क्वाटरमा समूह डीका उपबिजेता सेनाका रुकेश महर्जन संग प्रतिस्पर्धा गर्नेछन् ।

समूह सीको अर्को खेलमा पुलिसका जीवन आचार्यले एपिएफका साजन कृष्ण ताम्राकारलाई २०–२२, २१–८, २१–१३ ले पराजित गरे । आचार्य २ जित र एक हारका साथ समूह उपबिजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरे । अव उनको प्रतिस्पर्धा समूह डीका बिजेता प्रिन्स दाहाल संग हुने छ ।

समूह सीको खेलमा पुलिसका दीपक बोहराले एपिएफका बिजित थापा मगरलाई २४–२२, २१–१५ ले पराजित गरे । यस्तै धातुका सुदीप सेढाईले बाँकेका बिलाल वारिसलाई २१–६, २१–७ ले पराजित गरे । यस समूहमा बिजित, सुदीप र दीपकले प्रत्येकले २ जित १ हार बेहोरे । अंकका आधारमा बिजित समूह बिजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गरे । सुदीप र दीपकको अंक पनि बराबर रहेता पनि हेड टु हेडका आधारमा सुदीप सेढाईले क्वाटरफाईनलमा स्थान बनाए ।

समूह डीको अन्तिम लिग खेलमा रिभाईभका प्रिन्स दाहालले सेनाका रुकेश महर्जनलाई २१–१२, २१–८ पराजित गर्दै आफ्ना तीनै खेलमा जित निकाल्दै समूह बिजेताको रुपमा क्वाटरमा स्थान पक्का गरे । आजको खेलमा पराजित भएता पनि रुकेश २ जितका साथ उपबिजेतका रुपमा क्वाटरफाईनल प्रवेश गरे । अर्को खेलमा एपिएफका निरञ्जन देवकोटाले पुलिसक बिष्णु कटुवाललाई २१–१०, २१–१७ ले पराजित गरे । आज जित हात पारेता पनि निरञ्जनले १ जित मात्रका कारण क्वाटरफाईनलमा स्थान बनाउन असफल भए । बिष्णुले भने सवै खेल गुमाए ।

महिला एकल तर्फ क्वाटरफाईनमा नम्बर एक खेलाडी भोजपुरकी नङ्गशल तामाङले १० औं संस्करणकी बिजेता एपिएफकी जेशिका गुरुङ्ग संग प्रतिस्पर्धा गर्ने भएकी छिन् । यस्तै सेनाकी अनुमाया राईले सेनाकै प्राथना देउवासंग प्रतिस्पर्धा गर्ने छिन् । राष्ट्रिय च्याम्पियन तथा बिश्व जुनियर युगल बरियतामा ७ औं स्थानमा रहेकी रशिला महर्जनले एपिएफकी सुनैना मुखियाको सामना गर्ने छिन् । अर्को प्रतिस्पर्धामा सेनाकी अमिता गिरीले पुलिसकी निता लम्सालको सामना गर्नेछिन् ।

पुरुष एकल (१६औं बरियता बाहेक)को राउण्ड अफ ६४ को प्रतिस्पर्धामा पुलिसका पूर्ण बहादुर थापाले खोटाङ्गका राकेश राईबाट वाकओभर प्राप्त गरे । यस्तै चितवनका टेकप्रसाद पौडेलले कञ्चनपुरका अशोक सिंह धामीलाई २१–१५, २१–११ले पराजित गरे । यस्तै सेनाका दिवस शंकरले लोकान्तर डट कमका प्रमोद श्रेष्ठबाट वाकओभर प्राप्त गरे । नखिपोटका मिलन राईले १६ फिदरका प्रारम्भ सिमखडालाई २१–१९, २१–१५ ले पराजित गरे ।

अन्तिम ३२ मा प्रवेश गर्ने प्रतिस्पर्धामा सेनाका बिवेक चौधरीले कपिलबस्तुका रोहित बराललाई १६–२१, २१–७, २१–१२ ले पराजित गरे । यसैगरि हुम्लाका दशरथ बुढाले रिभाईभका समर रानालाई २३–२१, २१–१७ ले, ललितपुरका निखिल भट्टले कैलालीका चन्द्रिका कठरियालाई १६–२१, २१–१४, २१–१३ले, सुर्खेतका अनिल मल्लले पाल्पाका सुरोज तिमल्सिनालाई २१–१७, २१–१७, साईनोका राजु थापाले सिल्क ग्रुपका नरेन्द्र बम ठकुरीलाइृ २१–१५, २१–१५ ले, पाल्पाका ज्ञान बहादुर रानाले नखिपोटका विजय मगरलाई २१–९, २१–२३, २१–११ ले हराए ।

एपिएफका एशिया जवेगुले एनजेसी डल्लुका अरब तुलाधरलाई २१–१३, २१–७ले, सेनाका पविन लिनथेपले पाँचथरका रोहिन तामाङ्गलाई २१–४, २१–८ले, सेनाका आयुश्मान नागरीले ललितपुरका राजेन्द्र महर्जनलाई २१–९, २१–११ ले, कैलालीका योगेश खड्काले बिराटनगर ब्याडमिन्टन क्लबका क्षितिज भुजेललाई २१–११, २१–१० ले, कास्कीका भुगोल गुरुङ्गले मोरङ्गका महेश खड्कालाई २१–५, २१–१५ ले, १६ फिदरका अमन महर्जनले संखुवासभाका प्रशान्त श्रेष्ठलाई २१–११, २१–११ले तथा एपिएफका नविन सिलवालले नखिपोटका सुजन राईलाई २१–११, २१–१७ ले पराजित गरे ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिल्भा सिटीको नयाँ कप्तान
सिल्भा सिटीको नयाँ कप्तान
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहित अगाडि बढ्दै नेपाल
टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहित अगाडि बढ्दै नेपाल
महिला टी–२० विश्वकपको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने
महिला टी–२० विश्वकपको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने
बिबिएलको ड्राफ्टमा सन्दीपसहित ६ नेपाली खेलाडी
बिबिएलको ड्राफ्टमा सन्दीपसहित ६ नेपाली खेलाडी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP