बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुरुष एकलको क्वाटरफाईनल समिकरण पूरा

बुधबार, ०४ फाल्गुण २०७८खेलपाटी संवाददाता
पुरुष एकलको क्वाटरफाईनल समिकरण पूरा
Loading ad...
mustang rice ad

काठमाडौं । लिनिङ ११ औं पुष्पलाल स्मृती वरीयता राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल (उच्च १६ शिर्ष स्थानका) को क्वाटरफाईनल समिकरण पूरा भएको छ ।

पुरुष एकलको क्वाटरफाईनलमा समूह ए बाट एपिएफका दिपेश धामी र सेनाका प्रफुल महर्जन, समूह बी बाट सेनाका नविन श्रेष्ठ र पुलिसका जीवन आचार्य, समूह सी बाट एपिएफका बिजित थापा मगर र धातुका सुदीप सेढाई, तथा समूह डी बाट रिभाईभका प्रिन्स दाहाल र सेनाका रुकेश महर्जनले स्थान बनाएका छन् ।

बुधबार भएको लिगको अन्तिम खेलको समूह ए मा प्रफुल महर्जनले बाँकेका ईरफान अन्सारीलाई २१–१७, २१–६ ले पराजित गरे । उनलसे समग्रमा २ जित १ हारका साथ समूहमा उपबिजेता बन्दै क्वाटरमा स्थान बनाए ।

अव क्वाटरफाईनलमा प्रफुलले समूह सीका बिजेता बिजित थापा मगरसंगको प्रतिस्पर्धा पक्का गरे । दोश्रो खेलमा दिपेश धामीले पुलिसका सुनिल जोशी माथि जित निकाले । उनले जोशीलाई २१–१२, २१–१४ पराजित गरे । दिपेश तीनै खेलमा जित निकाल्दै समूहमा पहिलो हुँदै क्वाटरफाईनल प्रवेश गर्न सफल भए । अव क्वाटरमा दिपेशले समूह सीका उपबिजेता सुदीप सेढाई संग प्रतिस्पर्धा गर्ने छन् ।

समूह बीको खेलमा सेनाका नविन श्रेष्ठले एपिएफका देवराज रानालाई २१–९, २१–११ ले पराजित गरे । उनले समूहमा सवै जित निकाल्दै बिजेतको रुपमा क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् । अव नविनले क्वाटरमा समूह डीका उपबिजेता सेनाका रुकेश महर्जन संग प्रतिस्पर्धा गर्नेछन् ।

समूह सीको अर्को खेलमा पुलिसका जीवन आचार्यले एपिएफका साजन कृष्ण ताम्राकारलाई २०–२२, २१–८, २१–१३ ले पराजित गरे । आचार्य २ जित र एक हारका साथ समूह उपबिजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरे । अव उनको प्रतिस्पर्धा समूह डीका बिजेता प्रिन्स दाहाल संग हुने छ ।

समूह सीको खेलमा पुलिसका दीपक बोहराले एपिएफका बिजित थापा मगरलाई २४–२२, २१–१५ ले पराजित गरे । यस्तै धातुका सुदीप सेढाईले बाँकेका बिलाल वारिसलाई २१–६, २१–७ ले पराजित गरे । यस समूहमा बिजित, सुदीप र दीपकले प्रत्येकले २ जित १ हार बेहोरे । अंकका आधारमा बिजित समूह बिजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गरे । सुदीप र दीपकको अंक पनि बराबर रहेता पनि हेड टु हेडका आधारमा सुदीप सेढाईले क्वाटरफाईनलमा स्थान बनाए ।

समूह डीको अन्तिम लिग खेलमा रिभाईभका प्रिन्स दाहालले सेनाका रुकेश महर्जनलाई २१–१२, २१–८ पराजित गर्दै आफ्ना तीनै खेलमा जित निकाल्दै समूह बिजेताको रुपमा क्वाटरमा स्थान पक्का गरे । आजको खेलमा पराजित भएता पनि रुकेश २ जितका साथ उपबिजेतका रुपमा क्वाटरफाईनल प्रवेश गरे । अर्को खेलमा एपिएफका निरञ्जन देवकोटाले पुलिसक बिष्णु कटुवाललाई २१–१०, २१–१७ ले पराजित गरे । आज जित हात पारेता पनि निरञ्जनले १ जित मात्रका कारण क्वाटरफाईनलमा स्थान बनाउन असफल भए । बिष्णुले भने सवै खेल गुमाए ।

महिला एकल तर्फ क्वाटरफाईनमा नम्बर एक खेलाडी भोजपुरकी नङ्गशल तामाङले १० औं संस्करणकी बिजेता एपिएफकी जेशिका गुरुङ्ग संग प्रतिस्पर्धा गर्ने भएकी छिन् । यस्तै सेनाकी अनुमाया राईले सेनाकै प्राथना देउवासंग प्रतिस्पर्धा गर्ने छिन् । राष्ट्रिय च्याम्पियन तथा बिश्व जुनियर युगल बरियतामा ७ औं स्थानमा रहेकी रशिला महर्जनले एपिएफकी सुनैना मुखियाको सामना गर्ने छिन् । अर्को प्रतिस्पर्धामा सेनाकी अमिता गिरीले पुलिसकी निता लम्सालको सामना गर्नेछिन् ।

पुरुष एकल (१६औं बरियता बाहेक)को राउण्ड अफ ६४ को प्रतिस्पर्धामा पुलिसका पूर्ण बहादुर थापाले खोटाङ्गका राकेश राईबाट वाकओभर प्राप्त गरे । यस्तै चितवनका टेकप्रसाद पौडेलले कञ्चनपुरका अशोक सिंह धामीलाई २१–१५, २१–११ले पराजित गरे । यस्तै सेनाका दिवस शंकरले लोकान्तर डट कमका प्रमोद श्रेष्ठबाट वाकओभर प्राप्त गरे । नखिपोटका मिलन राईले १६ फिदरका प्रारम्भ सिमखडालाई २१–१९, २१–१५ ले पराजित गरे ।

अन्तिम ३२ मा प्रवेश गर्ने प्रतिस्पर्धामा सेनाका बिवेक चौधरीले कपिलबस्तुका रोहित बराललाई १६–२१, २१–७, २१–१२ ले पराजित गरे । यसैगरि हुम्लाका दशरथ बुढाले रिभाईभका समर रानालाई २३–२१, २१–१७ ले, ललितपुरका निखिल भट्टले कैलालीका चन्द्रिका कठरियालाई १६–२१, २१–१४, २१–१३ले, सुर्खेतका अनिल मल्लले पाल्पाका सुरोज तिमल्सिनालाई २१–१७, २१–१७, साईनोका राजु थापाले सिल्क ग्रुपका नरेन्द्र बम ठकुरीलाइृ २१–१५, २१–१५ ले, पाल्पाका ज्ञान बहादुर रानाले नखिपोटका विजय मगरलाई २१–९, २१–२३, २१–११ ले हराए ।

एपिएफका एशिया जवेगुले एनजेसी डल्लुका अरब तुलाधरलाई २१–१३, २१–७ले, सेनाका पविन लिनथेपले पाँचथरका रोहिन तामाङ्गलाई २१–४, २१–८ले, सेनाका आयुश्मान नागरीले ललितपुरका राजेन्द्र महर्जनलाई २१–९, २१–११ ले, कैलालीका योगेश खड्काले बिराटनगर ब्याडमिन्टन क्लबका क्षितिज भुजेललाई २१–११, २१–१० ले, कास्कीका भुगोल गुरुङ्गले मोरङ्गका महेश खड्कालाई २१–५, २१–१५ ले, १६ फिदरका अमन महर्जनले संखुवासभाका प्रशान्त श्रेष्ठलाई २१–११, २१–११ले तथा एपिएफका नविन सिलवालले नखिपोटका सुजन राईलाई २१–११, २१–१७ ले पराजित गरे ।

 

Loading ad...
LiNing Ad
पुरुष एकलको क्वाटरफाईनल समिकरण पूरा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा